माओवादी केन्द्रको केन्द्रीय कमिटीमा हेरफेर : कसलाई जिम्मेवारी थपियो, को हटे?
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आफ्नो संगठनमा व्यापक फेरबदल गरेको छ। हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार केही केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यलाई पदमुक्त गर्दै नयाँ जिम्मेवारीहरू प्रदान गरिएको छ।
गण्डकी प्रदेशमा फेरबदल
गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोकालाई निष्क्रिय रहेको भन्दै पदमुक्त गरिएको छ भने केशव कुँवर वैदेशिक रोजगारीमा रहेका कारण उनलाई पनि जिम्मेवारीबाट हटाइएको छ। त्यस्तै, रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बागलुङ), र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।
नयाँ मनोनयनहरू
पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन), र खगेन्द्र छन्त्याल (बागलुङ)लाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। अरुणपीडित भण्डारी (चितवन)लाई केन्द्रीय आयोगमा नियुक्त गरिएको छ।
अन्य परिवर्तनहरू
केन्द्रीय सदस्य रामलाल बिक पेशागत व्यस्तताका कारण पदमुक्त गरिएका छन्। रिक्त स्थानमा संघीय सांसद छिरिङ डण्डुल लामा (हुम्ला)लाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ। त्यस्तै, विरेन्द्र बस्नेत (झापा) वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त भएका छन् भने टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिइएको छ।
प्रवास र प्रदेश समितिमा नयाँ जिम्मेवारी
पश्चिम अन्तरदेशीय प्रवास प्रदेश कार्यालयको सिफारिसमा १७ जनालाई प्रदेश समितिमा समावेश गरिएको छ। बेलायतमा पार्टी एकताबाट जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनयन गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी केन्द्रको केन्द्रीय कमिटीमा हेरफेर :
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्