दैनिक ज्यालादारी श्रमिकको खाद्यन्नमा ध्यान देउ : काँग्रेस
दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको जनाउँदै पार्टीले सो माग गरेको हो ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेका उल्लेख गर्नुभएको छ ।
उहाँले सरकारले कोभिड–१९को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्य सामग्री तथा उपकरण खरिद व्यवस्थापनमा ढिलाइ भएको आरोप लगाउनुभएको छ ।
“हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । सरकार यस्तो गम्भीर एवं सङ्कटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र सङ्क्रमितहरुको उपचार गर्नु हो” काँग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान विषम परिस्थितिमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै काँग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारका लागि अहोरात्र अभूतपूर्व योगदान गरिरहनु भएका चिकित्साकर्मी, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिमा काँग्रेसले सम्मान व्यक्त गरेको छ ।
काँग्रेस संसदीय दलले उहाँहरु सबैको सुरक्षाका लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बन्न आग्रहसमेत गरेको छ । प्रमुख सचेतक खाँणले संसारभरि छरिरहेका नेपालीले माहामारीको पीडा भोगिरहेका र असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन उनीहरुको पीडा तथा समस्यालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्