प्रेस चौतारी नेपाल काठमाडौं शाखाले मनायो २७औं स्थापना दिवस
२२ माघ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं शाखाले स्थापना दिवस मनाएको छ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईको उपस्थितिमा केक काटेर स्थापना दिवस मनाइएको हो । यस अवसरमा सचिव भट्टराईले प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।
यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औं महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरिसकेको छ । अहिले जिल्ला शाखाहरुको अधिवेशन भइरहेका छन् । काठमाडौं शाखाको पनि भोलि बुधबार छैटौं अधिवेशन हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस चौतारी नेपाल काठमाण्डौं जिल्ला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्