अपी स्कुलमा सरस्वती पूजाको अवसरमा बिभिन्न भजन , स्तुतिगान र बिज्ञान प्रदर्शनी

काठमाडौंको धापासीमा अवस्थीत अपी स्कुलले यस बर्षको सरस्वती पुजा धुमधामका साथ मनाएको छ । विद्यार्थीहरुलाई व्यावहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको यो स्कुल क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा समेत परिचित छ । यस विधालयमा यो बर्षको सरस्वती पुजा विशेश महत्त्वका साथमा विद्यार्थी शिक्षक तथा अभिभावक लगायतको सहभागीतामा भव्य रुपमा मनाईएको छ ।
सरस्वती पूजाको अवसरमा आज बिभिन्न भजन , स्तुतिगान , बिज्ञान प्रदर्शनी , चित्र प्रदर्शन गरिएको छ ।
शिक्षाक्षेत्रको जग बलियो बनाएर बालबालिकाहरुलाई राम्रो पढाएर सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यले स्थापना भएको अपी स्कुलले सहज रुपमा भयरहित तथा व्यावहारमा आधारित शिक्षा प्रदान गर्दै दिनरात खटिरहने सृजनशील र अध्ययनशील शिक्षकहरुको शिक्षणले नै राम्रो नतिजा हासिल गरेर अघि बढन सफल भएको अपी स्कुलका अध्यक्ष लोक राज गीरीले बताउनुभयो ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् ।उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ ।
विद्यानै मानिसको सौन्दर्य पनि हो ।
क्याटेगोरी : समाचार
ट्याग : #api school, #अपी स्कुलमा सरस्वती पूजाको अवसरमा बिभिन्न भजन, #स्तुतिगान र बिज्ञान प्रदर्शनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्