‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँले नेपाली उत्पादक तथा किसानहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रवर्द्धनमा यस्ता एक्स्पोहरू प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो।
चेम्बर एक्स्पो अवलोकन गर्ने क्रममा मन्त्री भण्डारीले नेपाल सरकार र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन यस्ता मेलाहरू अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। साथै, नेपालमा सूचना प्रविधि (आईटी) सम्बन्धी नयाँ कानुनले नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गर्ने बताउनुभयो।
कार्यक्रममा मन्त्री भण्डारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, लगायतले स्वागत गर्नुभएको थियो ।। अवलोकनका क्रममा मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरूलाई हौसला प्रदान गर्दै उत्पादन र व्यापारको प्रवर्द्धनमा सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्