तारकेश्वर नगरपालिकामा बिदेसबाट आएका १५२ को आरडिटि परिक्षण
३ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिकामा आज ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सम्पन्न भएको छ । ११ ओटा वडाको दुई स्थानमा परिक्षण गरिएको थियो ।
तारकेश्वर वडा नं. ४, ५, ७, ८, ९, १० र ११ को वडा नं. १० को शहरि स्वास्थ्य केन्द्र र तारकेश्वर वडा नं. १, २, ३ र ६ को धर्मस्थली स्वास्थ्य चौकीमा ¥यापिड परिक्षण भएको छ ।
तारकेश्वर वडा नं. १० को शहरी स्वास्थ्य केन्द्रमा १०६ जनाको टेष्ट गर्नुका साथै धर्मस्थलि स्वास्थ्य चौकी ता.न.प. ६ मा बाँकीको गरिएको कुरा तारकेश्वर नगर स्वास्थ्य साखाको कम्प्युटर अपरेटर (सहायक पाँचौ स्तर) कल्याण लामिछानेले बताएका छन् । उनका अनुसार कुनैपनि नागरिकमा पोजेटिभ देखिएन । यसबाट तारकेश्वर नगरपालिका अहिलेसम्म कोरोनाबाट सुरक्षित नगर भनेर चिनाउन सफल भएको छ ।

तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहोराले ¥यापिड परिक्षण स्थलहरुमा पुगेर सामाजिक दुरी कायम भए नभएको निरिक्षण गरेका थिए । नगर प्रमुख रामेश्वर बोहोराले सामाजिक दुरी कायम राख्न स्वास्थ्य साखाका कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
यसरी नै लकडाउनलाई पूर्ण रुपमा पालना तारकेश्वर नगरपालिकाले गर्न सकेमा सुरक्षित रुपमा नागरिकहरुले बाँच्न पाउनेछन् । नगरपालिको ध्यान पनि नगरलाई सुरक्षित बनाउनुका साथै नगरभित्र बसोबास गरेका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराउने तर्फ जान आवश्यक छ ।






फरक पत्रबाट साभार
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्