च्याट जीपीटीसँग टक्कर लिने चिनियाँ एप डीपसीकबारे के भने ट्रम्पले ?
काठमाडौं । यही अंग्रेजी महिनामा बजारमा आएको चिनियाँ कृत्रिम प्रज्ञा ९एआई० एप डीपसीकको अहिले विश्वभर चर्चा छ ।
अर्बौं डलरमा तयार भएको अमेरिकीकाको च्याट जीपीटीसँग ६० लाख डलरमा मात्रै तयार भएको डीपसीक आएसँगै अमेरिकाका एआई कम्पनीहरूको सेयर स्वाट्टै घटेका समाचार आएका छन् ।
यसै मेसोमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मुखर भएका छन् । ट्रम्पले डीपसीकको नामै लिएर यसले अमेरिकालाई चेतावनी दिएको बताएका छन् ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार अमेरिकी प्रविधि क्षेत्रका उद्योगलाई यो खतराको घण्टी भएको बताएका छन् ।
डीपसीक आएसँगै अमेरिकाको जिपको विशाल ब्राण्ड एनभिदिआको सेयर मूल्य ६०० अर्ब अमेरिकी डलरले घटेको छ ।
बजारमा ल्याइएको केहि हप्तामै अमेरिका, बेलायत तथा अरू देशहरूमा डीपसीक सबैभन्दा धेरै डाउनलोड भएको एआई एप भएको बीबीसीले उल्लेख गरेको छ । तर, ट्रम्पले डीपसीकलाई अवसरको रूपमा पनि लिएका छन् ।
चिनियाँ भन्दा सस्तो बनाउन सकिएमा त्यो अवसर भएको उनले बताएको बीबीसीले लेखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #च्याट जीपीटीसँग टक्कर लिने चिनियाँ एप डीपसीकबारे के भने ट्रम्पले ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्