शिलान्यासको सत्र वर्षपछि कालोपत्र

गोदावरी (कैलाली), माघ १५ गते । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।
सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०र८१ को वैशाखमा रु एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालोपत्र गर्ने काम अघि बढेको छ ।
उहाँले फागुन मसान्तभित्र सडक कालोपत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । चौमाला बजार क्षेत्रदेखि उत्तरी भेगको नौ सय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदीसम्म थप पाँच किलोमिटर कालोपत्र गर्नका लागि रु १० करोड बजेट सङ्घीय सरकारसँग माग गरेको छ । चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईंको भनाइ छ ।
सङ्घीय सरकारले सडक डिभिजन कार्यालयले गरेको मागअनुसार रु १० करोड बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तरवृद्धि गरिने उहाँले जानकारी दिनुभयो । चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो । चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तरवृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ ।
चौमाला–खैराला सडकको स्तरवृद्धि नहुँदा हरेक वर्षायाममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उहाँले बताउनुभयो । चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धि भएमा आवागमनमा सहजतासँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उहाँको भनाइ छ । चौमालादेखि ऐतिहासिक गर्भा दरबारसम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ । कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शिलान्यासको सत्र वर्षपछि कालोपत्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्