Techie IT
मंगलबार, वैशाख ३०,२०८२

प्रचण्डको चिन्ता- माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो


तेह्रथुम । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।

तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेशिने क्रम बढ्दै गएको बताएका हुन् ।

उनले भने, ‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकी रु आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी रु भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु । हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफंै धनि, आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।’

साथै उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहेनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरुले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधन स्रोतले सम्पन्न देश हो । हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहेनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोे दृष्टिकोणले अब्बल छ ।’

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डको चिन्ता- माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545