नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको बैठकमा सुरु भएको छ ।
संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सुरु भएको बैठकमा दलका सांसदहरु सहभागी हुनुहुन्छ ।
माघ १८ गतेदेखि संघीय संसद्को बैठक सुरु हुन लागेकाले त्यसको तयारीका लागि आइतबारबाट दलको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेसले पार्टीभित्र साझा धारणा बनाएर संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुने गरी छलफल अघि बढाएको छ । कांग्रेस संसदीय दलको आइतबारबाट सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश,संसदमा विचाराधीन विधेयकसहित सबै विषयमा वैचारिक एकरूपता ल्याउने गरी छलफल अघि बढाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार संसदीय दलको बैठकबाट संसदमा प्रस्तुत गर्ने विषयबारे प्रस्ट मार्गचित्र बनाइने छ । उहाँले भन्नुभयो, “पार्टीभित्र बहस हुन सक्छ । नेतृत्वको आलोचना गर्न पाइन्छ । तर पार्टीको बैठकले जे निष्कर्ष दिन्छ, त्यो निर्णय सबैले स्वीकार गर्नुपर्छ, अपनत्व लिनु पर्छ । कार्यान्वयनप्रति जबाफदेही हुनु पर्छ । त्यसैले बैठकमा बहस गरेर सहमतिकै आधारमा निर्णय गरी साझा धारणा बनाएर जाने विषयमा छलफल केन्द्रित छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्