आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)
घोराही, माघ १४ गते । दाङको दंगीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक संग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ ।
थारू समुदायसँग कला, संस्कृति, गरगहना, रीतिरीवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्री अवलोकनसँगै अध्ययन तथा अध्ययनका लागि दैनिक सयौँको संङ्ख्यामा मानिसहरु पुग्ने गरेका छन् ।
करिव पाँच बर्षअघि स्थापना भएको थारु संग्रहालयमा पूर्वको मोरङदेखि पश्चिम कञ्चनपुरसम्म बसोवास गर्ने थारु समुदायको कला, संस्कृति, गरगहना, रीतिरीवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्रीहरु राखिएका छन् । थारु समुदायको कला, संस्कृति र पहिचान झल्ने सामग्रीसँगै थारु जातिका प्रथम राजा दंगीशरणको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ ।
थारू जातिको उद्गमस्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउनुहुन्छ ।
उहाँका अनुसार साँस्कृतिक संग्रहालयमा थारू समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसँगै मूर्ति, चित्रहरु राखिएका छन् ।
थारू जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन तथा अनुसन्धान गर्न चाहने व्यक्तिका लागि अध्ययनस्थल भएको भन्दै पूर्व मूख्यमन्त्री चौधरीले बताउनुभयो । उहाँका अनुसार चार विघा क्षेत्रफलमा फैलिएको संग्राहलयमा करिव ९० लाख बढीको सम्पत्ति जोडिएको छ ।
थारू बस्तीको झल्को दिने परम्परागत घरहरु, कोठा, देवता राख्ने ठाउँलगायतका जन्मदेखि मृत्युमा गरिने संस्कार झल्काउने सामग्रीसँगै महिला र पुरुषले लगाउने कपडा, धार्मिक गतिविधि, नाचगान गर्दा लगाउने कपडालगायतका शृङ्गारका सामग्री राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले बताउनुभयो ।
संग्रहालय स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारसँगै थारु समुदायको लगानी रहेको उहाँले बताउनुभयो । उपाध्यक्ष चौधरीका अनुसार संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटक गरेर दैनिक दुई सयदेखि चारसय मानिसहरु पुग्ने गरेका छन् । संग्रहालयमा प्रवेशका लागि सय रुपियाँ शुल्क निर्धारण गरिएको र जसमध्ये दश प्रतिशत दंगीशरण गाउँपालिकालाई जाने गरेको छ ।












क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्