Techie IT
मंगलबार, जेठ ७,२०८२

भूकम्प प्रतिरोधी संरचना बनाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री


काठमाडौं, माघ १४ गते । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्पलगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको बतउनुभयो ।

उहाँले पछिल्लो समय लगातर विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहरलगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्पलगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ । भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ ।’’

मन्त्री सिंहले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको औंल्याउनुभयो । जोखिम न्यूनीकरणका सम्बन्धमा भवनलगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नका लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक रहेको जानकारी दिनुभयो ।

निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन र कानुनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरुलाई सुरक्षित राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘‘भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवम् भौतिक संरचनाहरु भूकम्पमा गल्र्यामगुर्लम्म ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुप¥यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘राष्ट्रिय भवन संहीताको पूर्ण परिपालना र जोखिमप्रति संवेदनशिल भूउपयोगको योजनाको कार्यान्वयनमा हामी सबैको हातेमालो जरुरी छ । जोखिम न्यूनीकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नका लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक छ ।’’

उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबै


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प प्रतिरोधी संरचना बनाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:10 am6:49 pm +0545