बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

नेपालगञ्ज, माघ १४ गते । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ ।
सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिनुभयो । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उहाँको भनाइ छ ।
“जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन”, उहाँले भन्नुभयो । निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताउनुभयो । क्यामेराको सहयोगले बाघबारे सही जानकारी हासिल हुने उहाँको भनाइ छ ।
बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जङ्गली बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको भगवती सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले बताउनुभयो । गत बुधबार राप्तीसोनारी गाउँपालिका –८ की ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
स्थानीयका अनुसार सो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १० वटा बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वननजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्