छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण

टीकापुर, माघ १४ गते । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ ।
माघ १३ गते आइतबार राति साढे दश बजेतिर कुइनेस्थित आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो ।
बिटालु निदाउन लागेकै बेला बाघको आक्रमण भएको र छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भाग्दा बिटालुलाई बचाउन सकिएको कुइनेबाट वीरेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । मानिसको हल्ला र बिजुलीको उज्यालो भएकाले बाघ भाग्यो, बिटालु सामान्य घाइते हुनुहुन्छ, रावलले भन्नुभयो, ‘पञ्जाले टाउकोमा हानेको छ, अनुहारमा घाउ छ, दाँत लगाउन पाएनन् राति भइसकेकाले आज बिहान उपचारका लागि लम्की तिर ल्याउन लागिएको छ ।’ विटालुका श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी भएको महिलासँग छुवाछुतको व्यवहार गर्ने, महिनावारी भएको बेला महिलालाई घरभन्दा टाढा राख्ने र महिला बस्ने घर (छाउगोठ) असुरक्षित हुने भएकाले महिलालाई बाघको आक्रमण हुने, बलात्कारको सिकार हुने घटना वर्षौँदेखि हुँदै आएका छन् ।
मोहन्याल गाउँपालिकामा बाघले यहाँका किसानले पालेका बाख्राहरू, गाईहरू खाने गरेको छ । कर्णाली पारी बर्दिया राष्ट्रिय निकुञ्ज रहेको र मोहन्यालमा पनि जङ्गल क्षेत्र धेरै भएकाले यहाँ बाघ बस्तीमा पसेर आक्रमण गरिरहन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्