रुपन्देही अदालतले मागेको धरौटीमा रवि पक्ष असन्तुष्ट, पुनरावेदनको तयारी
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग्यो । यसअघि दुई अदालतले मागेको भन्दा यो उच्च रकम हो ।
स्रोतका अनुसार एकपछि अर्को अदालतले धरौटी माग्दा लामिछाने असन्तुष्टि बनेका छन् । पहिलोपटक धरौटीमा छुटेपछि उनले ‘न्याय नमरेको’ प्रतिक्रिया दिएका थिए । तर, रुपन्देहीसम्म आइपुग्दा रवि र उनका समर्थकहरु आदेशप्रति खुशी देखिएनन् ।
रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोराले अहिले मागिएको धरौटी न्यायीक नभएको बताए । यसविरुद्ध पुनरावेदन जाने तयारी रहेको उनको भनाइ छ ।
बोहेराले भने, ‘अहिलेको धरौटी न्यायिक छैन । धरौटीविरुद्ध उच्च अदालत जाने तयारी हुनेछ । अहिलेको आदेश कार्यान्वयन गरेर अर्को अदालतमा जाने हो । तत्काललाई बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त हुने विकल्प छैन ।’
रविविरुद्ध चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म मुद्दा दर्ता भने भएको छैन ।
बोहोराले भने, ‘यो मुद्दा फौजदारीमा जान सक्थ्यो, तर त्यो रवि लामिछानेमाथि होइन गोर्खा मिडियाविरुद्ध हुनसक्थ्यो । प्रतिशोधका आधारमा रविमाथि मुद्दा लगाइयो ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुनरावेदनको तयारी, #रुपन्देही अदालतले मागेको धरौटीमा रवि पक्ष असन्तुष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्