आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउन समय थप
काठमाडौं । मन्त्रिपरिषदको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउन समय थप गर्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरस नियन्त्रण उच्चस्तरी संयन्त्रले गरेको सिफारिस अनुसार अवधि बढाउने निर्णय भएको हो ।
मन्त्रिपरिसदको चैत २४ गतेको बैठकले भोलि वैशाख ३ गते बुधबारसम्मका लागि लकडाउनको अवधि तोकेको थियो । आजको निर्णयसहित यो चौथोपटक लकडाउन घोषणा गरिएको हो । यसअघि सरकारले चैत ११ गतेदेखि १८, त्यसपछि २५ र तेस्रो पटक वैशाख ३ सम्मका लागि लकडाउन अवधि तोको थियो । कोरोना भाइरसका संक्रमित अझै बढिराखेको र काठमाडौंमा पनि हिजोमात्रै पनि देखिएकाले लकडाउन र सामाजिक दूरी कायम राख्न पर्ने भएकाले लकडाउन अवधि बढाउन परेको सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले बताउनु भयो ।
यस्तै आजकै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि जिम्मेवारी थपिएका ९ जना मन्त्रीहरुको कार्यप्रगति विवरणसमेत माग्नु भएको थियो । सो क्रममा ती मन्त्रीहरुले आफ्नो क्षेत्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएका प्रयासहरुबो जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लकडाउन समय थप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्