जंगलमा मृत भेटिएका दुई किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने

अछाम, माघ १३ गते। जंगलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगञ्जमा पोस्टमार्टम हुने भएको छ।
गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज लाने तयारी प्रहरीले गरेको हो।
घटनास्थलकोे मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। घटना शंकास्पद भएको र राम्ररी परीक्षणपछि आशंका नहोस् भनेर प्रहरीले शव नेपालगञ्ज लैजान लागेको हो।
घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ। शुक्रबार दिउँसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार साँझ भेटिएको थियो। मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत थिए।
घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी प्रमुख भण्डारी र अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जंगलमा मृत भेटिएका दुई किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्