दिनेश त्रिपाठीविरूद्ध अदालतमा अवहेलनाको निवेदन
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध काठमाडौं जिल्ला अदालतमा अवहेलनाको निवेदन परेको छ ।
उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले उनीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गराएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उक्त निवेदन अनुसार मुद्दा दर्ता हुनेरनहुने टुंगो लगाउन आइतबार पेशी तोकिएको छ ।
त्रिपाठीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएको जिकिर राईले निवेदनमा गरेका छन् । उनले न्यायाधीशको कार्यक्षमतामाथि प्रश्न उठाएको निवेदनमा उल्लेख छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारी ठगी प्रकरणमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #दिनेश त्रिपाठीविरूद्ध अदालतमा अवहेलनाको निवेदन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्