बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

स्याङ्जा, माघ ११ गते । विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत पुस २६ गते किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको हुँदा क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा चौधरीलाई माघ १० गते चितवनबाट पक्राउ गरिएको डीएसपी पौडेलले बताउनुभयो ।
ट्युसन पठाउन बोलाई कक्षाकोठामा बालयौन दुरुपयोग गरेको आरोप चौधरीलाई लगाइएको छ ।
पक्राउ परेका चौधरीमाथि बालयौन दुरुपयोगसम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्