Techie IT
मंगलबार, कात्तिक २५,२०८३

जेष्ठ नागरिक सम्मानित


फिदिम, माघ १० गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ का पाँच जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको छ । कार्यालयमा आयोजित कार्यक्रममा वडाका देवि प्रसाद ढुङ्गाना, बलभद्र रिजाल, सुक बहादुर चेम्जोङ, रनमाया कुरुम्वाङ र कृष्ण बहादुर आङ्देम्बेलाई सम्मान गरेको हो ।

वडा कार्यालयले वर्षेनी नदोहोरिने गरी फाल्गुनन्द ७ मा पर्ने साविक आङसराङका पाँच वटा वडाबाट एक एक जनाका दरले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । वडाबाट विनियोजित २५ हजार रुपियाँ बजेटबाट खरिद गरिएका ब्लाङकेट वितरण गर्दै खादा ओढाएर उहाँहरुलाई सम्मान गरिएको वडा सचिव जय तामाङले जानकारी दिनुभयो ।

उहाँहरुलाई वडा सदस्य नविना धमला, सोनाली कुरुम्बाङ र बीर बहादुर कुरुम्वाङले सम्मान गर्नुभएको थियो । वडाले पाको उमेरमा सम्मान गरेको भन्दै जेष्ठ नागरिकहरु खुशी भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #जेष्ठ नागरिक सम्मानित


तपाईको कमेन्ट लेख्नुहोस्