Techie IT
मंगलबार, भदौ ९,२०८३

साउदीका राजकुमार र ट्रम्पको फोन संवाद : कानूनी सुधार भएमा ६ खर्ब डलर अमेरिकामा लगानी गर्ने


काठमाडौं । अमेरिकामा साउदीले कानूनी सुधार भएको खण्डमा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । साथै अमेरिकाका ५ खर्बका सरसामान किन्ने प्रतिबद्धता साउदी अरबले जनाएको छ ।

अमेरिकी च्यानल फक्स न्यूजका अनुसार साउदी अरेबियाका राजकुमार महोमद बिन सलमान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन संवादमा यस्तो कुरा भएको हो ।

साउदीको सरकारी समाचार एजेन्सीका अनुसार कानुनी सुधार भएमा ‘अभूतपूर्व आर्थिक समृद्धि’ आउने भनेर सलमानले छलफल गरेका थिए ।

साउदी अरेबियाले ट्रम्पका ज्वाइँले खोलेको एक व्यापारिक क्षेत्रमा २ अर्ब अमेरिकी डलर लगानी गरिसकेको फक्सले उल्लेख गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #साउदीका राजकुमार र ट्रम्पको फोन संवाद : कानूनी सुधार भएमा ६ खर्ब डलर अमेरिकामा लगानी गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्