आमा गुमाएका दुई निर्दोष छोरी किरीयामा, परिवारको अवस्था दयनीय
– बर्दिवास (महोत्तरी)
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १, बरगाछी टोल निवासी ३४ वर्षीया एक महिलाको मिर्गौला रोगका कारण निधन भएको छ । उपचारको क्रममा सम्पूर्ण आर्थिक स्रोत समाप्त भएपछि परिवार अत्यन्त दयनीय अवस्थामा पुगेको छ ।

दुई छोरीहरूले आमा गुमाएको पीडा सहन नसक्ने अवस्थामा किरीया गरिरहेका छन् । मिर्गौला रोगका कारण लामो समयदेखि संघर्ष गर्दै आएकी ती महिलाको परिवार अहिले अत्यन्त नाजुक अवस्थामा पुगेको छ । मृतकका परिवारलाई सहयोगका लागि स्थानीयस्तरमा अपिल गरिने क्रम जारी छ ।
यस्तो अवस्थामा मृतकका छोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्यको लागि स्थानीय सरकार, संघसंस्था र समाजसेवीहरूले हातेमालो गर्नुपर्ने आवश्यकता देखिन्छ ।

क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्