सरकारले उद्योग मैत्री वातावरण बनाएको छ : अध्यक्ष ढकाल
म्याग्दी, माघ ८ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिले सम्मकै उत्कृष्ट काम गरेको बताउनुभएको छ । वर्तमानमा आर्थिक अवस्था खुम्चिएको र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताउनुभएको हो ।
म्याग्दीमा गत पुस २८ देखि सुरु भएर माघ ८ गते सकिएको म्याग्दी महोत्सवको समापनमा मङ्गलबार ढकालले नेपालमा लगानीको प्रसस्तै सम्भावनालाई सरकाले हालै ल्यएको आर्थिक नीतिले समेत थप बल पुगेको बताउनुभयो ।
उद्योगा वाणिज्य महासंघका अध्यक्ष ढकालले भन्नुभयो, ‘‘सरकारले हामीलाई काम गर्ने वातावरण बनाएको छ । लगानी तथा उद्यमसँग सम्बन्धित कानुनहरू संशोधन गरेर सराहनीय काम गरेको छ ।’’ उहाँले कानुनमा देखिएका समस्या समाधान नेपाल सरकारले गरेको अवस्थामा पनि लगानीमैत्री वातावरण छैन भन्नु गलत हुने बताउनुभयो । लगानी बढाउनका लागि र निजी क्षेत्रको मनोबल बढाउन अहिलेसम्म गरिएको प्रयास सरकारले अनुमोदन गरेर व्यवसायीको पक्षमा काम गरेको उहाँको भनाइ थियो ।
अध्यक्ष ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएर व्यवसायीसँगै समग्र मुलुकको हितमा हुने काम गरेको धारणा राख्नुभयो । उहाँले लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा निजी क्षेत्रसँग जोडिएका क्षेत्रका लागि हाल सम्मकै महत्त्वपूर्ण र राम्रो उपलब्धि रहेको बताउनुभयो ।
सरकारले केन्द्रीय तहबाटै वातावरण वनाएको अवसरमा अब जिल्ला भित्र लगानीका सम्भावनामा संयुक्त लगानीका लागि आफू तयार रहेको अध्यक्ष ढकालले धारणा राख्नुभएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुलामञ्चमा गत पुस २८ देखि माघ ८ गतेसम्म १० दिनसम्म चलेको महोत्सवमा करिब १० करोडको कारोबार र एक लाख दर्शकले प्रत्यक्ष, अप्रत्यक्ष अवलोकन गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयाये । महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर म्याग्दी उद्योग वाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारले उद्योग मैत्री वातावरण बनाएको छ : अध्यक्ष ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्