आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ ।
मङ्गलवार पहिलो बैठक बिहान ११ः३० बजे उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ ।
यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा सुरु हुनेछ। बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय र समितिमा प्राप्त उजुरी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
दिउँसो ३ः०० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज चारवटा संसदीय समितिको बैठक बस्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्