पेस्तोलसहित दुई जना पक्राउ
ढल्केबर, माघ ७ गते । धनुषामा सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेका छन् । धनौजी गाउँपालिका–४, भडरियाबाट एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीका अनुसार धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, सीतानगरका २४ वर्षिय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षिय रुपेशकुमार यादवलाई पेस्तोलसहित पक्राउ गरिएको छ ।
बीओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट ९ एमएम बाउनिङ् पेस्तोल बरामद गरेको बताइएको छ । उनीहरुको साथबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गिरीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई थप अनसन्धान तथा कारबाहीका लाग जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पेस्तोलसहित दुई जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्