Techie IT
बिहीबार, जेठ २,२०८२

पूर्वडीआईजी छविलाई काठमाडौं अदालतले पनि माग्यो धरौटी


काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद पोखरेलमा इजलासमा भएको छुनछेक बहसको क्रममा छविलाई ५० लाखमा छाड्न आदेश दिइएको हो ।

उनी आइतबार अदालत उपस्थित भएका थिए ।

यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई ८८ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि भने स्वर्णलक्ष्मी सहकारीको मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

रवि-छविसहितलाई हिजो सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतमा अर्को मुद्दा दायर भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वडीआईजी छविलाई काठमाडौं अदालतले पनि माग्यो धरौटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545