Techie IT
बिहीबार, जेठ २,२०८२

चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरी चलाउने क्रम बढ्दै


हेटौँडा, माघ ७ गते । पछिल्लो समय हराएका र चोरी भएका मोटरसाइकल वास्तविक नम्बर परिवर्तन गरी प्रयोग गर्ने क्रम बढेको छ । मकवानपुर प्रहरीले हराएका र चोरी भएका मोटरसाइकल नम्बर परिवर्तन गरी प्रयोग हुँदै आएको अवस्थामा फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

विभिन्न मितिमा विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको तीन थान मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाई फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत वर्ष मङ्सिर ३० गते काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीमा पार्किङ गरी राखेको रिजन खड्गीको बा.प्र.०२–०१७प ९६०५ नम्वरको २०० सिसिको एन.एस.पल्सर मोटरसाइकल चोरी भएकोमा हेटौँडा उपमहानगरपालिका ८ किरानचोकस्थित सडकबाट शरद्कुमार श्रेष्ठले उक्त मोटरसाइकल बास्तविक नम्बर प्लेट परिवर्तन गरी प्र. २–०३–०१२ प ६२६८ नं. राखी चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

यस्तै गत भदौ २९ गते ललितपुर महानगरपालिका(१५ स्थित सातदोबाटोमा पार्किङ गरी राखेको पूर्णबहादुर तामाङको बा.प्र.०२–०२७ प ३८८३ नम्बरको केटिएम डुके मोटरसाईकल चोरी भएकोमा उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा हेटौँडा १० स्थित बसपार्कबाट सबिन मिजारले वास्तविक नं. परिवर्तन गरी  बा.प्र.०२–०२८प ९३७१ नं. राखी चलाएको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले शरद्कुमार श्रेष्ठ र सबिन मिजारलाई चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको र फेला परेको उक्त मोटरसाइकलहरु सम्बन्धीत धनीहरु रिजन खड्गी र पूर्णबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई आ–आफ्नो मोटरसाइकल सनाखत गराई बुझाईएको जानकारी दिनुभयो ।

यसैगरी गत असोज १७ गते राति हेटौँडा उपमहानगरपालिका ७ नागस्वतीका वर्ष ३४ का वीरबहादुर सुनारले आफ्ने घरमा पार्कीङ गरी राखेको अवस्थामा बा.प्र.०३–००५ प ९२२ नं. को १५० सिसिको पल्सर मोटरसाइकल चोरी भएकोमा मोटरसाइकल खोजतलास गर्ने क्रममा परिबर्तित नं. बा.प्र.०२–०३५ प ५६०१ को नं. प्लेट राखिएको अवस्थामा फेला पारी वीरबहादुर सुनारलाई यस कार्यालयमा बोलाई बुझाईएको प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरी चलाउने क्रम बढ्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545