हतारमा विधेयक पास हुँदैन पर्याप्त छलफल हुन्छ : प्रमुख सचेतक लिङथेप
विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशनमा १० वटा विधेयक सभामा टेबल हुने भएको छ ।
भोलिबाट सुरु हुने अधिवेशनमा १० वटा विधेयक संसदमा टेबल गर्ने तयारी रहेको छ । ती मध्य केही विधेयक संशोधनका रूपमा समेत सभामा टेबल हुने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर कुमार लिङथेप ले बताए ।
संसदीय पत्रकार मञ्च कोशीसँग अन्तरक्रिया गर्दै उनले यस पटकको हिउँदे बिजनेसको अभाव नहुने बताए । ती विधेयकलाई म्याचुवर्ड गराउन मिडियाको पनि भूमिका रहने बताए ।
उनले पत्रकारसङ कुराकानी गर्दै प्रदेश सभालाई प्रभावकारी बनाउन मिडियाको पनि भूमिका रहने बताए ।
उनले २ महिनाका लागि प्रदेश सभामा बिजनेसको कमी नहुने बताए । उनले भने यस पटक कानुन बनाउन हतार हुँदैन । सरोकारवालासङ तल्लो तहमा लगेर पनि छलफल हुने छ ।
कुनै विधेयक पास नगरी नहुने भए पास गर्ने तर पछि गर्दा पनि हुन्छ भन्ने देखिए थप छलफल गरेर विधेयक पास गरिने लिङथेपले बताए ।
कति पय कानुन बनाउने क्रममा हतार भएको छ यो सिकाइबाट सरोकारवालासङ यस पटक छलफल बढी हुन्छ । उनले प्रदेश सभालाई स्थिर बनाउन एमाले लागि परेको बताए ।
उनले भने प्रदेश सभा स्थिर बनाउनका लागि राष्ट्रिय राजनीतिले पनि असर गरी रहेको छ । हाम्रो हिसाबले मात्रै प्रदेशको स्थिरता कायम रहँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हतारमा विधेयक पास हुँदैन पर्याप्त छलफल हुन्छ : प्रमुख सचेतक लिङथेप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्