रमण श्रेष्ठलाई शम्भु थापाको आग्रह- रास्वपाहरुलाई वकिल नकुट भन्नुपर्यो, के दिए जवाफ ?
काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका कारण पनि हुनसक्छ आइतबार नेपाल बारले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा समर्थकबाट भएको आक्रमणको विरोधमा आयोजित प्रदर्शनमा नेता वकिलहरू सबै उपस्थित भए ।
रवि लामिछानेको पक्षबाट दमदार बहस गरेका वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व महासचिव रमण श्रेष्ठ र छविलाल बन्जाडेको पक्षबाट बहस गरेका पूर्व अध्यक्ष शम्भु थापाबीचको संवाद भने बार परिसरमा चर्चामा रह्यो ।
रमण नेपाल बारको भावी अध्यक्षका दाबेदार समेत भएकाले उनी प्रदर्शनको अग्रभागमै कालोपट्टी बाँधेर उभिएका थिए । वकिलले मुद्दाका एक पक्षमा उभिएर बहस गरे पनि पेशागत सुरक्षा र हकहितका सवालमा सम्झौता नहुने उनले बताएका थिए ।
यसैबीच शम्भु थापाले रमणलाई भने( तपाईँले रास्वपाहरुलाई यसरी वकिलहरूमाथि आक्रमण नगर भन्नुपर्ने भयो,नत्र त वकिलहरूको त बेहाल हुने भयो नि ।
थापाको ठट्यौलीपछि ‘खोइ के हो के हो रु’ भन्दै रमण अर्कोतिर लागेका थिए । काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने ६० लाख धरौटीमा छुट्नुअघि अदालत परिसरबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । उनले रवि लामिछानेको विपक्षमा सहकारी बचतकर्ताको पक्षबाट बहस गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #के दिए जवाफ ?, #रमण श्रेष्ठलाई शम्भु थापाको आग्रह- रास्वपाहरुलाई वकिल नकुट भन्नुपर्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्