Techie IT
शुक्रबार, जेठ ३,२०८२

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै


धनगढी, माघ ६ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै छ । अघिल्लो बैठक बसेको चार महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यसअघि, प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो ।

त्यसपछि अनिश्चित समयका लागि स्थगित बैठक आज बोलाइएको छ । पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ ।

यसै गरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:47 pm +0545