Techie IT
आईतबार, वैशाख २१,२०८२

सुख्खा पहिरोले बिराटनगर – किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध


खाँदबारी (संखुवासभा) । बिराटनगर – किमाथांका जोड्ने कोशी राजमार्ग अन्तर्गत संखुवासभाको  भोटखोला गाउँपालिका- ३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ ।
शुक्रवार ११ बजे तिर सडकभन्दा माथिवाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पहिरो खसेपछी खाँदवारीवाट  भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
करिव ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्द पारेको छ ।
इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दा मिलेर पहिरो हटाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रवाट पहिरो गएको स्थान करिब ९ किलोमिटर टाढा पर्छ ।
पहिरो खसेको सडक खण्डमा उत्तर दक्षिण कोशी सडकले डोजर पठाएर मर्मत गर्ने जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #संखुवासभा, #सुख्खा पहिरोले बिराटनगर - किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545