जिबीको राहदानी रोक्का

माघ ४ गते । देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो ।
कास्कीको सूर्यदर्शनसहित देशका विभिन्न भागमा सहकारी खोली बचत र सेयर रकम अपचलन गरेको अभियोगमा राईविरुद्ध मुद्दा दायर भएको छ । २०८० साउनसम्म सम्पर्कमा रहनुभएका राई कास्कीमा मुद्दा दर्ता भएपछि फरार हुुनुहुन्छ । कास्कीको सूर्यदर्शन सहकारीका पूर्व अध्यक्षसमेत रहनुभएका राईले दर्जनभन्दा बढी कम्पनी खोली सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको अभियोग छ ।
देशका पाँच सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड गैर कानुनी रुपमा लगी ठगी गरेको अभियोग उहाँमाथि छ । सोही अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध कास्कीमा दायर भएको मुद्दा विचाराधीन छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट गर्न नमिल्ने भनेको थियो ।
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्बिर खिची सार्वजनिक गर्ने कमल भुसाल ९डा निकोलस भुसाल० लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार धरौटीमा छाड्न शुक्रबार आदेश दिएको हो । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला गत २९ मङ्सिरमा सुतिरहेको फोटो खिचेर भुसालले सार्वजनिक गर्नुभएको थियो ।
भुसाललाई साइबर अपराध कसुरमा बिहीबार नियन्त्रणमा लिई शुक्रबार अदालत पेश गरिएको थियो । यसअघि पुस ७ गते भुसाललाई काठमाडौंबाट पक्राउ गरी ८ गते पोखरा ल्याइएको थियो । त्यसबेला अदालतले उहाँलाई म्याद थप्न इन्कार गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जिबीको राहदानी रोक्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्