Techie IT
मंगलबार, कात्तिक २५,२०८३

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको भेट


काठमाडौं, माघ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवम् इजरायलका लागि पूर्व नेपाली राजदूत डा। अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्रीसँग इजरायलका राजदूतको भेट


तपाईको कमेन्ट लेख्नुहोस्