युवाहरुको अगुवाइमा तारकेश्वरमा आपतकालीन खाद्यान्न संकलन अभियान
तारकेश्वर काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड (१९)कोरोना भाइरस० संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ। यो रोग निवारणको लागि अहिलेसम्म कुनै भ्याक्सिन बनिसकेको छैन। यसर्थ यसबाट बच्ने र बचाउने उपाय केबल लकडाउन हो, अहिले सारा विश्वभरका मान्छेहरु घर भित्रै बस्न बाध्य छन्। एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआए भएका, ज्यालादारीमा रोजीरोटि चलाउने र हुँदा खानेहरुमा परेको छ।
जसका कारण दैनिक रुपमा ज्यालादारी गर्ने मजदुरी, किसान एवं निम्म आय भएकाहरुलाई दैनिक गुजारा चलाउन अप्ठूयारो समेत हुन थालेको छ । तारकेश्रमा पनि यसको प्रभाव बढ्दो छ ।
यस्तो बिकराल परिस्थीतीको सहजी गर्नेका लागि तारकेश्वरका केही युवाहरुको अगुवाइमा नगरस्तरीय कोभिड(१९ आपतकालीन खाद्यान्न संकलन केन्द्र स्थापना गरिएको छ ।

तारकेश्वर नगरपालिका भित्र बस्नुहुने समाजसेवी, राजनितीकर्मि, व्यावसायि, पेशाकर्मि, बुद्धिजीवी, उपभोक्त समूह, टोलसुधार समितिहरु र विभिन्न संघसंस्थामा कार्यरत र क्रियासिल महानुभावहरुमा कोभिड(१९ )आपतकालीन खाद्यान्न संकलन अभियानमा साथ दिनका लागी अभियान्ताले आग्रह गरेका छन ।
कोहि भोको रहनेछैन, कोहि भोकै मर्नेछैन भन्ने अभियानका साथ नगरपालिका भित्रका खाद्यान्न अभावमा परेका परिवार र व्यक्तिलाई सहयोग गरिने अभियान्ताहरुको भनाई छ ।
खाद्य भण्डारको स्थापना गरि आवश्यकता परेकालाई सहयोग गर्ने मनसायले यो अभियानको संचालन गर्न लागेका छौं। यो संकटको घडिमा आफुले सक्ने नगदरखाद्यान्न दान गरि हामीले स्थापना गरेको खाद्यान्न भण्डार सहयोग गरिदिनु हुनपनि उनीहरुको अपिल छ ।
यसरी संकलन भएको खाद्यान्नलाई स्थानीय वडा प्रतिनिधि र नगरपालिकाका प्रतिनिधिहरुको रोहवरमा वितरण गरिने अभियान्ताहरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आपतकालीन खाद्यान्न संकलन अभियान, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्