पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न सकिएन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको जिकिर गरेका छन् । त्यसैले जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन उनले निजी क्षेत्रलाई आग्रह गरे ।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं ।’
प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे ।
अहिलेको समय विकास पूर्वाधारबाट अगाडि बढ्नुपर्ने उनले बताए ।
पेट्रोल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातित फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको गति तीव्र हुने उनले आश्वासन दिए ।
‘अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश छुट्टै पृथक होइन ।’
अध्यादेश काम गर्न ल्याइएको दोहोर्याउँदै उनले सबैले आफ्नो अधिकार र सीमाभित्र रहेर काम गर्नुपर्ने बताए ।
बस्ती बसेको ठाउँमा समेत जंगल भनेर दाबी गर्न खोज्नु गलत रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नक्कली जंगल धेरै छ । दशकौंदेखि जंगल फाडेर बसेका छन् । धनी पुर्जा छैन, तर बिजुली पुगेको छ, बस्ती बसेको छ । पक्की घर बनाएका छन् । ५ दशकदेखि मानिस बसोबास गरेर बसेको ठाउँमा समेत जंगल भन्ने भ्रम चिर्नुपर्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न सकिएन: प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्