स्वतन्त्रबाट जितेका डिलासैनीका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश
बैतडी । बैतडीमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहित विभिन्न दलका करिब २ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामी एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ ।
यस्तै, सुन्दरसिंह धामी, नर ब बोहरा, गोपाल बोहरा, कुमार लोहार, सगरमणि भट्ट, दीपक बोहरा, कुमार लोहार, सगर वड, मानवीर जागरी, संकर बोहरा, जिमला बोहरा, देव बोहरा र अमर बोहरा रहेका छन् ।
उनीहरूलाई जिल्ला इन्चार्ज कमरेड लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सकारका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले स्वागत गरेका थिए ।
एमाले नेता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष यज्ञ भट्ट यदुले बताए ।
यदुपनि स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनी केहीदिन अगाडिमात्रै एमालेमा प्रवेश गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वतन्त्रबाट जितेका डिलासैनीका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्