गठबन्धनको स्पिरिटअनुसार काम गर्न आफ्ना मन्त्रीहरूलाई कांग्रेस नेताको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक अहिले बसिरहेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई छलफलका लागि बूढानीलकण्ठमा डाकेका थिए । बैठकमा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामको ब्रिफिङ गरेका छन् ।
अहिलेसम्म ३ वटा मन्त्रालयको ब्रिफिङ सकिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।
उनका अनुसार नेतृत्वले सरकारका काम कारवाही प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएको छ ।
‘अब के-के काम गर्ने, कसरी प्रभावकारीरूपमा अगाडि जाने । झण्डै २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई डेलिभरि दिनुपर्ने कुराहरू दिनुहोस् भनेर उहाँहरूले सुरूमा भन्नुभयो’, मन्त्री चौधरीले भने ।
‘सोचेअनुसार द्रुत गतिमा काम गर्न नसकेको भन्दै केही साथीहरूले समस्या पनि सुनाउनु भएको छ । नेताहरूले मिलेर त्यसलाई समाधान गर्ने आश्वासन दिनुभयो, उनले थपे ।
ओली सरकारमा कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्रीको प्रतिनिधित्व छ ।
दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धनको स्पिरिटअनुसार काम गर्न आफ्ना मन्त्रीहरूलाई कांग्रेस नेताको निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्