निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयाका बासिन्दाद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
जनकपुरधाम । पूर्व(पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।
मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए ।
उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।
राजमार्ग निर्माणमा भएको ढिलाइका कारण धुलोले स्वास्थ्यमा समस्या भएको भन्दै गतवर्ष माघ २२ मा पनि मिर्चैयाकै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । तर पनि सडक निर्माणको कामले गति नलिँदा उनीहरू फेरी आन्दोलन थालेका हुन् ।
आन्दोलनका कारण सयौँ सवारी साधनहरू अलपत्र परेका छन् । स्थानीय प्रहरीले राजमार्ग खुलाउन प्रयासरत छन् । सवारी साधनको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर चार लेन राजमार्ग निर्माणको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले लिएको छ । सो ग्रुपले निर्माण कार्य समयमा गर्न नसक्दा पटक पटक म्याद थपिदा पनि लापरबाही गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयाका बासिन्दाद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्