Techie IT
शुक्रबार, भदौ २६,२०८३

बेत्रावतीमा ११ हल गोरुको भिडन्त प्रर्दशनी सहित २०८१ को माघ सक्रान्ती पर्व मनाईयो


माघे सक्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीमा एघार हल गोरु जुधाईएको छ । किसानले पालन गरेका मध्येबाट छनोटका आधारमा यसअघि दर्ता भएर तयारीमा राखेका गोरुलाई एक–अर्कासंग जुधाई प्रदर्शनी गरिएको गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले जानकारी दिनुभयो । वेत्रावतीमा अघिलो दिन सोमबारदेखि नै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मंगलबार गोरु जुधाई प्रदर्शनी सहितको विभिन्न मनोरञ्जन गर्दै माघेसक्रान्तिम पर्व मनाइएको हो । गोरु जुधाई प्रदर्शनीको अवलोकन गर्न आयोजित कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, सस्कृति र ईतिहाससंग जोडिएको गोरु जुधाई परम्पराको एकीन तथ्यका आधारमा यसको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोग सहित सहआयोजकको रुपमा गोरु जुधाई सञ्चालन गर्दै आएकाले आगामी दिनमा थप सहयोगका लागी बार्षिक नीति तथा कार्यक्रममा समावेश गराउन लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठले  गोरु पालन गर्ने किसानको मनोबल बृद्धि, मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न र थप पर्यटन प्रबद्र्धनको लागी आवश्यक जानकारी एंव सुझाब संकलन पश्चात आगामी दिनमा नगरको तर्फबाट गर्नुपर्ने दायित्वका सम्बन्धमा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्तरगया गाउ पालिकाका उपाध्यक्ष चमेली गुरुङले रसुवाको उत्तरगया गाउ पालिका वडा नम्वर ५ र नुवाकोटको बिदुर १० र ७ वडा समेटेर यहाको कला संस्कृति बिकासको लागी हातेमाले गर्ने आग्रह गर्नु भयो । बेत्रावतीको एतिहासिक सास्कृतिक एवं परम्परागत पर्ब गोरुजुधाइ प्रदर्शनी कार्यक्रममा २०८१ मा बिदुर नगर पालिका का पूर्वे मेयर सन्जु पण्डित , बिदुर नगर पालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपाल , उत्तरगया गाउ पालिकावडा नम्वर ५का वडा अध्यक्ष यमनाथ आचार्य , रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामीछाने , बिदुर खानेपानी सर सफाई उपझोक्ता समितिका अध्यक्ष सन्जीव श्रेष्ट लगायतले बेत्रावतीकोृ बिकास को ध्यान सवै पक्षवाट सहयोग आवश्यक रहेको जोड दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बेत्रावतीमा ११ हल गोरुको भिडन्त प्रर्दशनी सहित २०८१ को माघ सक्रान्ती पर्व मनाईयो


तपाईको कमेन्ट लेख्नुहोस्