सार्क सम्मेलनबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?
काठमाडौं । भारतले सार्क बैठक राख्न नचाहेको तथ्य सार्वजनिक गर्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरले आफूसमक्ष राखेको प्रश्न संसदीय समितिमा सुनाएकी छन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएकी मन्त्री राणाले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सार्क बैठक राख्न निरन्तर पहल गरेपनि भारत-पाकिस्तान तनावका कारण सम्भव नभएको बताएकी हुन् ।
उनले आफूसँग भारतीय समकक्षीले राखेको प्रश्न सुनाउँदै भनिन्, ‘अध्यक्षको हैसियतले हामीले प्रयास नगरेको होइन । राष्ट्र प्रमुखहरूको शिखर बैठक बस्न सबै पक्ष सहमत हुनुपर्छ । यहि सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ तर उता जयशंकरजीले तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? भनेर प्रश्न गरेपछि मैले जवाफ दिन सक्ने अवस्था रहेन ।’
भारतले पाकिस्तान समर्थित आतंकवादीले आफ्नो देशमा मान्छे मारेको भन्दै सार्क शिखर सम्मेलनमा बस्न अश्वीकार गर्दै आएको छ । मन्त्री राणाले नेपालको तर्फबाट प्रयास भने जारी रहेको बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्क सम्मेलनबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्