नेकपा (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: नवीन
काठमाडौं पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशन पार्टी केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज क.अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाजा गाजा सहित साँस्कृतिक र्यालि टोखा नगर परिक्रमा पश्चात् सद्भाव बैंक्वेट पुगेर सभामा परिन्त भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशनले सर्वसम्मतमा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वमा पुनः अध्यक्षमा नवीन कुमार डंगोल, उपाध्यक्ष महेश्वरी डंगोल, उपाध्यक्ष रमेश अधिकारी, उपाध्यक्ष बिष्णु श्रेष्ठ, सचिब प्रमोद अधिकारी, सह सचिब सागर पोखरेल र कोषाध्यक्ष रामराज श्रेष्ठ सहित ५१ सदस्यीय समिति सर्व सम्मतवाट गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिका अध्यक्ष नवीन कुमार डंगोलको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज सुर्य सुवेदी, अथिति कुमार पौडेल, महेस्वर दाहाल, हिमाल शर्मा, राधिका तामाड, कल्पना शर्मा, अनिल शर्मा निर्वाचन आयोग सचिवालय सदस्य गोविद बतला, काठमाणडौं जिल्ला संयोजक सञ्जय लामा, जिल्ला सचिव महेस्वर फुयालका साथै समितिका सदस्य तथा पार्टीका विभिन्न पदका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्षमा पुन: नवीन, #नेकपा (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्