नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको नुवाकोटमा शिलान्यास
काठमाडौं । नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सुर्यमती र हेमवती नदीको संगम तादी दोर्खु दोभानमा निर्माण हुन लागेको नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको शनिबार शिलान्यास गरिएको छ।
पूर्व अर्थमन्त्री प्रकाश शरण महतले पुलको शिलान्यास गरेका हुन्। स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्ण प्र मिश्रका अनुसार उक्त पुलको कुल लागत भ्याट बाहेक ६ करोड ५८ लाख ५७ हजार रुपैयाँ रहेको छ। १५८ मिटर लम्बाइको यो पुल २०८३ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुल निर्माणपछि पर्यटकीय क्षेत्रले हराभरा नुवाकोटको पूर्वी भेगमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। साथै, यसले सर्वसाधारण नागरिक र किसानलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नेछ।
यो पुलले नुवाकोटका तादी, पञ्चकन्या र दुप्चेश्वरका स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको नुवाकोटमा शिलान्यास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्