सर्लाहीको लालबन्दी स्थित विभिन्न संघसंस्थाद्वारा राहत वितरण
विश्वभर संक्रमण फैलाइरहेको कोरोना भाइरसले (कोभिड-१९) गर्दा मुलुक अहिले चैत्र ११ गतेबाट लकडाउनको स्थितीमा छ। जसका कारण अति बिपन्न तथा दैनिक ज्यालादारी गरि छाकटार्ने श्रमिकवर्गलाई भने निकै समस्या परिरहेको छ ।
यस्तो अवस्थामा सर्लाहीको लालबन्दी स्थित विभिन्न संघसंस्थाद्वारा समस्यामा परेका यस्ता बर्गको सहि पहिचान गरि राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। यसरी राहत वितरण कार्यक्रम लायन्स क्लब अफ सेन्चुरीका अध्यक्ष साकार शर्मा,लायन्स क्लब अफ सिटिका संस्थापक अध्यक्ष दिपेन्द्र अधिकारी,उधोग बाणिज्य संघ,लालबन्दीका अध्यक्ष कल्याण जोशी, पौरखी सहकारीका अध्यक्ष सालिकराम लम्साल,समाजसेवी तथा यूवानेता राकेश ढुंगेल,सर्लाही टिभि घरका प्रोप्राइटर सुभास दाहाल ,तिर्थरमण राइस् मिल र आशिर्वाद किराना पसलका कैलाश साह लगाएतको सक्रियतामा सम्पन्न भएको हो।
काेराेना (काेभिड-१९)काे सामना गरिरहेकाे वर्तमान संकटकालिन अवस्थामा अत्यन्तै विपन्न परिवार ,अपाङ्ग,वृद्व,असक्त र दैनिक ज्यालादारी गरि हातमुख जाेडन समेत कठिनाई भईरहेका लगभग २०० घरपरिवारलाई राहतस्वरुप १५ केजी चामल र १ केजी नुन वितरण गरिएको लायन्स क्लब अफ सेन्चुरीका अध्यक्ष साकार शर्माले बताउनुभयो ।
सहयोगी हात र मन भएका यी विभिन्न संघसंस्थाले यस अघि पनि आफैंले मास्क उत्पादन गरि वितरण गर्ने र विभिन्न ठाँउमा सावुनपानीले हातधुने व्यवस्था लगाएत पोस्टर पम्प्लेट प्रयोगगरि जनचेतना फैलाउने कार्यपनि सम्पन्न गरिसकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #राहत वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्