कांग्रेस सभापति देउवाद्वारा गलेश्वर मन्दिरको दर्शन
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दीस्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गर्नुभएको छ ।
आजदेखि बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न म्याग्दी आउनुभएका सभापति देउवाले बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गर्नुभएको हो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले सभापति देउवालाई गलेश्वर मन्दिरको धार्मिक महत्वका वारेमा जानकारी गराउनुभएको थियो ।
हेलिकोप्टरबाट गलेश्वर अवतरण हुनुभएका सभापति देउवालाई पार्टीका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर),संविधान सभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँ,बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता सरकारी कार्यालयका प्रमुख लगायतले स्वागत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस सभापति देउवाद्वारा ३७ विभाग प्रमुख मनोनीत (सूचीसहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्