रविको बयान नसकिए प्रहरी हिरासतमा, सकिए न्यायाधीशको आदेशबमोजिम
काठमाडौं । सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति काठमाडौं जिल्ला अदालत पुगेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान अहिलेसम्म आधाउधी पनि सकिएको छैन ।
‘सक्ने प्रयासमा छौँ, सकियो भने आजै थुनछेकको बहस हुन्छ’, जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले भने, यदि बयान नसकिए रविलाई प्रहरी हिरासतमा राखिने र भोलि पुनः अदालतमा उपस्थित गराइने शर्माले बताए । ‘बयान सकिएन भने घर पठाउन मिल्दैन’, उनले भने ।
बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए । उनको हकमा धरौटीमा रिहा हुनेदेखि पुर्पक्षका लागि थुनामै राख्नेसम्मको आदेश हुनसक्ने अदालत स्रोत बताउँछ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान चलिरहेको छ । सोधिनुपर्ने प्रश्नमध्ये आधा पनि नसकिएको अदालत स्रोतले जनाएको छ । ५ बजेअघि बयान सकियो भने मात्रै आज थुनछेकको बहस हुनसक्छ । अन्यथा बाँकी काम भोलि गर्नुपर्ने स्रोतले बतायो । ३९ जना प्रतिवादीमध्ये आज रविमात्रै उपस्थित छन् ।
प्रहरीले बचत अपचलनसहित संगठित अपराधको कसुरमा समेत मुद्दा पेश गरेको छ । तर, अन्य जिल्ला अदालतमा जस्तो सम्पत्ति शुद्धीकरणको अभियोग काठमाडौंमा लगाइएको छैन ।
काठमाडौं महानगरपालिका-१४ मा सञ्चालित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सोसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरिसकेको छ । भोलि रवि सोही मुद्दाको क्रममा अदालतमा हाजिर हुने भएका हुन् ।
उक्त मुद्दामा पक्राउ परेका प्रतिवादीमध्ये कर्जा उपसमिति सदस्य कमल लामा र लेखा समितिकी पूर्वसदस्य सुनिता नेवा क्रमशः तीन र चार लाख धरौटीमा रिहा भइसकेका छन् । दुवै विरुद्ध एकमुष्ट ११ करोड ४९ लाख २१ हजार २७० बिगो कायम गरिएको थियो ।
उक्त सहकारीले सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।
रवि लामिछाने, जीवी राई, छविलाल बन्जाडे जोशीसहितका प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा पनि मुद्दा चलिरहेको कारण सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले २१ गते अनुसन्धान प्रतिवेदन बुझाउँदा उनीहरूको हकमा बिगो मागदावी गरेको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविको बयान नसकिए प्रहरी हिरासतमा, #सकिए न्यायाधीशको आदेशबमोजिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्