Techie IT
शुक्रबार, भदौ २६,२०८३

न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू


काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ ।

 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो ।

उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू


तपाईको कमेन्ट लेख्नुहोस्