Techie IT
आईतबार, वैशाख २१,२०८२

दोस्रो तीनपोखरी कपमा मोरङ्गको बुल्स ११ र चुलाचुली झापा सेमिफाइनलमा प्रबेश 


खाँदबारी, २८ पुस । संखुवासभाको खांदबारीमा जारी दोश्रो तीनपोखरी आमन्त्रित कप फुटबल प्रतियोगितामा मोरङको बुल्स ११ र चुलाचुली झापा सेमीफाईनलमा प्रवेश गरेको छ । खाँदबारी रंगशालामा शनिबार भएको खेलमा शीत्तलपाटी फुटवल क्लबलाई २–१ गेलले हराउँदै बुल्स ११ सेमीफाईनलमा पुगेको हो । बुल्सका रोशनकुमार माझीले दोश्रो हाफको ७ औ मिनेटमा र ३० औ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीत्तलपाटीका तर्फबाट पहिलो हाफको ३० औ मिनेटमा विजय भूजेलले गोल गरेका थिए ।
 शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेश्रो मिनेटमा बसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिए । ३० औ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी बनाए । दोश्रो हाफको ११ औ मिनेटमा तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टिमलाई अग्रता दिएका थिए ।
त्यस्तै, एपीएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब पनि सेमीफाईनलमा पुगिसकेको छ । प्रतियोगितामा जिल्ला बाहिरका ३ र जिल्ला भित्रका ५ क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार पाउने छन् भने । सेमिफाइनलिस्ट दुई टिमले नगद जनही २५ हजारमा चित्त बुझाउनु पर्ने छ । प्रतियोेगिताको फाईनल माघे संक्रान्तिको दिन हुनेछ ।
– – –

क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल, #संखुवासभा, #संखुवासभा खाँदबारी, #सेमिफाइनलमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545