दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशीको विजयी सुरुआत

तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशीको विजयी सुरुआत
खाँदबारी, २७ पुस । संखुवासभाको सदरमुकाम खाँदबारीमा शुक्रबार देखि सुरु भएको दोस्रो ‘तीनपोखरी कप’ आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशी प्रदेशले विजयी सुरुआत गरेको छ ।
गत वर्षको विजेता एपीएफ कोशी प्रदेशले मकालु फ्रेन्डस क्लब खाँदबारीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि टाईब्रेकरमा एपीएफ विजयी भएको छ ।
शुक्रबार नै भएको अर्को खेलमा खाँदबारी युथ क्लबलाई तीनपोखरी समाज विकास क्लबले १–० गोल अन्तरमा पराजित गरेको छ । तीनपोखरीका लागि मिक्सेन लिम्बुले पहिलो हाफको ३ मिनेटमा गोल गरेका थिए ।
तीनपोखरी समाज विकास क्लबको आयोजनामा खाँदबारी रंगशालामा सुरु भएको प्रतियोगितामा एपीएफ, भौसाबारी मोरङ, चुलाचुली झापासहित कोशी प्रदेशका आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
—
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : ##खेलकुद पत्रकार #खेलकुद पत्रकार, #hot, #तिनपोखरी कप, #संखुवासभा, #संखुवासभा खाँदबारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्