उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउन व्यवसायीको माग
ढल्केबर, पुस २६ गते । निर्माण व्यवसायी सङ्घ धनुषाले उपभोक्ता समितिमार्फत् निर्माणका कामहरु नगराउन मधेश प्रदेश सरकारसँग माग गरेको छ । शुक्रबार सङ्घका अध्यक्ष अशोककुमार चौधरीसहितका पदाधिकारले मुख्यमन्त्री सतीशकुमार सिंहलाई एक ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद एने र नियमावली विपरित उपभोक्ता समितिबाट निर्माण कार्य नगराउन माग गरेका हुन् ।
ज्ञापनपत्रमा प्रदेश अन्तर्गतका केही कार्यालयहरूले विकास निर्माणका बजेटलाई रोकी बोलपत्र प्रक्रियाको सट्टा उपभोक्ता समितिमार्फत काम गरिरहेको र यसले सार्वजनिक खरिद ऐनको दफा ४४ को मर्मविपरीत काम भइरहेको उल्लेख छ । अध्यक्ष चौधरीले यस्तो कार्यले स्थानीय निर्माण व्यवसायीहरूलाई वञ्चित गर्ने, आर्थिक अनियमितता बढाउने, राजनीतिक कार्यकर्ता पोस्ने, र राज्यको राजस्व गुमाउने खतरा रहेको दाबी गरेका छन् ।
ज्ञापनपत्रमा सार्वजनिक खरिद ऐनको दफा ४४ अनुसार उपभोक्ता समितिमार्फत काम गराउन सकिने भए तापनि त्यो मितव्ययिता, गुणस्तर, र दिगोपनाको मापदण्ड पुरा भएमा मात्र मान्य हुने स्पष्ट गरिएको छ । साथै, सार्वजनिक खरिद नियम ९७ (क) ले उपभोक्ता समितिबाट हुने निर्माण कार्यमा श्रमिक प्रयोग गर्नुपर्ने र हेभी मेसिनको प्रयोग भएमा सम्झौता रद्द हुने व्यवस्था गरेको पनि सङघले स्मरण गराएको छ ।
सङ्घले उपभोक्ता समितिबाट हुने मेसिन तथा प्रविधि प्रयोग गरिने निर्माण कार्यको अन्त्य गरी सम्पूर्ण विकास निर्माणका कामहरू बोलपत्र प्रक्रियाबाट मात्र गर्नुपर्ने माग गरेको छ । यसले पारदर्शिता, प्रतिस्पर्धा, र गुणस्तरको सुनिश्चितता गर्न सकिने सङ्घको ठहर छ ।
मुख्यमन्त्रीलाई बुझाइएको पत्रमा सङभले उपभोक्ता समितिमार्फत गरिने कामले स्थानीय व्यवसायीको अवसर खोस्ने भन्दै यस्तो प्रक्रिया तुरुन्त रोक्न जोडदार माग गरेको छ । सङघले बोलपत्र प्रक्रियामार्फत मात्र विकास निर्माणका कामहरू गर्न गराउन आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउन व्यवसायीको माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्