रवि आज पोखरामै बस्ने, आइतबारमात्रै काठमाडौं अदालतमा हाजिर हुने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आइतबारमात्रै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् ।
बिहीबार सहकारी अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी रकम जम्मा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेपछि बेलुकी प्रहरी हिरासतबाट रिहा भए । हिजै उनी पोखराको लेकसाइडस्थित होटल बसुन्धरामा बस्न गए । उनको पारिवारिक स्रोतले जनाएअनुसार आज ‘गुड फ्राइडे’ मनाएर काठमाडौं फर्किने भएका छन् ।
रविको ‘न्याय’ का निम्ति पोखरा केन्द्रित भएका उनका सहयोगीहरू आज बिहान काठमाडौं फर्किए । रविचाहिँ आराम गरेर ‘बिस्तारै’ आउने सहयोगी समूहका प्रमोद न्यौपानेले बताए । ‘उहाँ आज आउनुहुन्न’, उनले भने ।
कामपा( १४ मा सञ्चालित स्वर्णलक्ष्मी वहुउद्देशीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा अदालती बयानका निम्ति उनी आइतबार हाजिर हुने उनी पक्षका कानुन व्यवसायी कमलप्रसाद पोखरेलले बताए । ‘आज आउनु भएन, अब आइतबार हाजिर हुनुहुन्छ’, उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आइतबारमात्रै काठमाडौं अदालतमा हाजिर हुने तयारी, #रवि आज पोखरामै बस्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्